काठमाडौं - बागमती प्रदेशमा आजबाट ट्याक्सी र सार्वजनिक सवारी साधनको भाडा बढेको छ।
बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी ट्याक्सी र सार्वजनिक सवारी साधानको भाडा बढाएको हो।
समायोजनपछि सार्वजनिक सवारी साधनमा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रूपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ। नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।