कास्की -गण्डकी सरकारले ल्याएको बजेट कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम’ फेरि समेटिने भएको छ । अर्थमन्त्री रामजी बरालले आफुखुशी कार्यक्रम हटाएकोमा त्यसको चौतर्फी विरोध गरिपछि सोमबारदेखि संसदमा बजेटमाथि छलफल हुने भएको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत सत्तारुढ दलका नेताहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमकै नाम राख्नुपर्ने अडान राखेका छन् । तर अर्थमन्त्री बरालले अर्कै नाम राखेर ल्याउने तयारी गरेको प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले बताउनुभयो ।
प्रत्येक निर्वाचन क्षेत्रका सांसदले दामासाही योजना बाँड्ने निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको विरोध गरेका मन्त्री बरालले यसपटक बजेटबाट हटाएका हटाउनुभएको थियो ।