आईफोनसँगै चार्जर नदिएको भन्दै एप्पललाई ब्राजिलमा थप जरिवाना लगाइएको छ । गत सेप्टेम्बरमा ब्राजिलको न्याय मन्त्रालयले चार्जरबिना आउने आईफोन बिक्री गर्न नपाउने निर्णय गरेको थियो । त्यसबेला एप्पललाई २.३४ मिलियन डलर जुन नेपाली करिब ३० करोड रुपैयाँ जरिवाना तिराइएको थियो र अहिले पनि एप्पललाई चार्जरबिना बिक्री गरेको आरोपमा ब्राजिलियन सरकारले जरिवाना तिराएको छ । ब्राजिलियन उपभोक्ता सङ्गठनले दायर गरेको मुद्दामा आईफोनसँगै चार्जर उपलब्ध नगराएको भन्दै १९ मिलियन डलर जरिवाना दाबी गरिएको थियो ।