काठमाडौं- नेपाली बजारमा औपचारिक रूपमा बीवाईडी एट्टो ३ शनिबारदेखि उपलब्ध हुने भएको छ । बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यो विद्युतीय कार नेपाली उपभोक्ताका लागि सार्वजनिक गर्न लागेको हो । ब्लेड ब्याट्रीमा उपलब्ध कार दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । एक ब्याट्रीले ४९।९२ र अर्को ब्याट्रीले ६०।४८ किलोवाट क्षमता प्रदान गर्दछ । त्यस्तै यसले १५० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने बताइएको छ । ८० किलोवाट फास्ट चार्जर रहेको कारको ब्याट्रीलाई ४५ मिनेटमै फुल चार्ज गर्न सकिने कम्पनीको दाबी छ । यो कारले फुल चार्जमा ४१० देखि ४८० किलोमिटर सम्मको रेन्ज दिने बताइएको छ । पाँचजना आरामले बस्न सकिने कारको लम्बाई ४४५५ एमएम, १८७५ एमएम चौडाई, १६१५ एमएम उचाइ रहेको छ । त्यस्तै यो कारको भित्री भागमा १२।८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ ।