सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो । नियुक्तिको निर्णयसंगै श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शपथ ग्रहण गर्नुभएको छ । यसअघि पनि दाहाल प्रधानमन्त्री हुदाँ श्रेष्ठले आयोगमा उपाध्यक्षको जिम्मेवारी प्राप्त गर्नुभएको थियो ।