काठमाडौं महानगरपालिकाले ५ वर्षदेखि बन्द रहेको बायो ग्याँस प्लान्ट पुनः सञ्चालन गर्ने भएको छ ।
फोहरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र महानगरको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको बायो ग्याँस प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको महानगरले जनाएको छ । यसका लागि महानगरले राष्ट्रिय आविष्कार केन्द्रसँग छलफल गरिरहेको छ ।