नेपथ्यले अष्ट्रेलियाको पर्थमा सांगीतिक प्रस्तुति गरेको छ । आइतबार पर्थस्थित ‘मेट्रो सिटी हल’ मा नेपथ्यले दोस्रो पटक सांगीतिक प्रस्तुति दिएको हो। यसअघि सन् २०१७ मा नेपथ्यले पर्थ सांगीतिक प्रस्तुति दिएको थियो। गायक अमृत गुरुङ स्टेज चढेसँगै दर्शक उत्साहित रहेको नेपथ्यले जनाएको छ।
गायक गुरुङले आँगनै भरि हिउँ नै झरे’ छेक्यो छेक्यो, भेडाको ऊनजस्तो, लामपाते सुरती, जोमसोमे बजार, शिरफूल शिरैमा’ लगायतका चर्चीत गीत गाउनुभएको थियो । नेपथ्यले सिड्नीस्थित ‘होडर्न प्याभेलियन’ मा माघ २७ गते, मेलबर्नस्थित ‘फोरम मेलबर्न हल’ मा फागुन १ गते, होबार्टस्थित ‘ओडियन थिएटर’ मा फागुन ५ गते प्रस्तुति दिनेछ।