काठमाडौ -परराष्ट्र मन्त्री डा.नारायण खड्कासहितको टोलि कूटनीतिक मञ्चमा सहभागी हुन टर्की प्रस्थन गरेको छ। फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नु भएको हो।
मन्त्री खड्काले ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरुको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया’ विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।
'रिकोडिङ डिप्लोमेसी’ को विषयमा छलफल हुने कार्यक्रममा विद्यमान क्षेत्रीय तथा अन्तराष्ट्रिय मुद्दाहरू र समाधानवारे बहस हुनेछ।