काठमाडौं -आउँदो अप्रिल १ तारीखदेखि लागू हुनेगरी मलेसियामा विदेशी पर्यटकलाई भ्रम गर्न खुल्ला गरिएको छ।
कोरोना महामारीका कारण सन् २०२० को मार्चदेखि पर्यटकलाई स्वदेश भित्रिन प्रतिबन्ध लगाएको मलेसियाले अब बिना क्वारेन्टाइन प्रबेश शुरु गर्न लागेको हो। आगामी अप्रिल १ देखि लागू हुनेगरी विदेशी पर्यटकलाई बिना क्वारेन्टाइन प्रवेश दिइने निर्णय भएको प्रधानमन्त्री इस्माइल साबरी याकुबले मंगलबार जानकारी गराएका छन्।
विश्वका अरू धेरै देशमा पनि महामारी कम भएको र ती देशहरूले समेत विदेशी पर्यटकलाई खुला गरेकाले प्रतिबन्ध लगाइरहनु आवश्यक नरहेको मलेसियन सरकारले निष्कर्ष निकालेको छ।
यो सँगै प्रधानमन्त्री याबुकले मलेसियाली नागरिकलाई पनि अन्य देशको यात्रा गर्न खुला गरेका छन्। एक वर्ष भन्दा बढी समय देश छोड्न नपाएका उनीहरू सिंगापुर बाहेक अन्य देशको यात्रामा प्रतिबन्ध लागेको थियो तर प्रधानमन्त्रीको घोषणा सँगै ब्रुनाई, थाइल्याण्ड र इन्डोनेसियालगायत अन्य देशहरूसँगको यात्रा गर्न पाउने भएका छन्।