काठमाडौं -युक्रेनसँग लड्न रुसले चीनसंग सैन्य सहयोग मागेको छ । चीनसँग ड्रोनलगायतका सैन्य हतियार सहयोग मागेको अमेरिकी अधिकारीले बताएका छन् । रुसले भने कुनै प्रतिक्रिया छैन।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनले रुसलाई सहयोग दिनु चिन्ताको विषय रहेको बताउँदै रुसलाई गरेको सहयोगलाई नियालिरहेको बताएका छन्। उनले यस विषयमा चिनियाँ अधिकारीसँग पनि कुरा भइरहेको उनले बताए।
कुनै पनि मुलुकले रुसमाथि लगाइएको आर्थिक प्रतिबन्ध कमजोर हुने किसिमका कार्य गर्न नहुने बताए ।