चीनले अन्तरिक्षमा भूउपग्रह राख्नका लागि हिजो दुई वटा लामो क्षमताका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । सिवई ०३ र ०४ नाम दिइएका दुई भूपग्रह बेइजिङको समय अनुसार विहान ६ बजेर ५७ मिनेटमा अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । चीनको उत्तरी राज्य स्यान्छीको तइयुन भूउपग्रह प्रक्षेपण केन्द्रबाट सो भूपग्रह प्रक्षेपण गरिएको हो । सो भूउपग्रह अन्तरिक्षको निर्धारित कक्षमा प्रवेश गरिसकेको जनाइएको छ ।