टर्किको एउटा कोइला खानीमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या २८ पुगेको छ । शुक्रवार विस्फोट हुँदा खानीमा ११० जना रहेको बताइएको छ । हालसम्म ११ जनाको उद्धार गरिएको र अन्यको खोजी भैरहेको स्थानीय प्रहरीले जनाएको छ । विस्फोटको कारण पत्ता नलागेपनि मिथेन ग्याँसका कारण विस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ । विस्फोट जमीनभन्दा तीन सय मिटर तल भएका कारण फँसेका व्यक्तिको उद्धारमा कठिनाई भैरहेको पनि सञ्चारमाध्यमहरुले जनाएका छन् ।।