भीषण बर्षा र त्यसपछि आएको बाढीमा परी गत १ सातामा फिलिपिन्समा २५ जनाको मृत्यु भएको र २६ जना हराईरहेका छन् । बाढीका कारण ४ लाख मानिस प्रभावित भएकोमा ८१ हजार मानिस अझै उद्धारगृहहरुमा बसीरहेको स्थानीय अधिकारीहरुले बताएका छन् । बाढीबाट सबैभन्दा बढी उत्तरी मिनदानाओ प्रान्तमा १६ जनाको मृत्यु भएको थियो । गत साता पूर्वी, मध्य र दक्षिणि फिलिपिन्समा पानी पर्दा १ हजार भन्दा बढी घरमा क्षति पुगेको थियो । हरेक बर्ष २० वटा आँधी आउनुकासाथै ज्वालामुखी र भूकम्प गैराख्ने ठाउँ भएका कारण फिलिपिन्सलाई प्राकृतिक प्रकोपको सबैभन्दा जोखिमयुक्त क्षेत्रका रुपमा लिने गरिएको छ ।