स्याङ्जा - एमालेबाट मेयर पदका उम्मेदवार बिश्वनाथ अर्यालसहितको टोलिले मतदातालाई प्रभाव पार्ने गरि आर्थिक गतिविधि गरेको भन्दै स्थानीयले नियन्त्रणमा लिएका छन।
स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर ३ मा अर्यालसहित एमालेको समुहले निर्वाचन आचार संहिता बिपरित चुनाव प्रचार गरेको र पैसाको लोभ देखाएर मतदाता प्रभावित पार्न खोजेको भन्दै गाडी नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको थियो।
ग १ ज ७५८५ नम्बरको बोलेरो जिपमार्फत वाड नं ३ वानेथोक वजादिको जाँदै गर्दा नियन्त्रणमा लिएको तरुण दलका नेता अनिल क्षत्रीले जनाकरी दिनुभयो। एमालेले भने गाउँमा शोकाकुल परिवारलाई भेट्न गएको बताएको छ तर कङ्रेसले भने उक्त स्थानमा कसैको पनि निधन नभएको जनाएको छ।