दाङ-दाङमा नेकपा एमालेका सबै उम्मेद्वार पराजित भएका छन् । प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ वटै निर्वाचन क्षेत्र नेकपा एमालेकातर्फबाट बनेका सबै उम्मेद्वार पराजित भएका हुन् । एमालेका महासचिव शंकर पोखरेल गठबन्धनकी उम्मेदवार रेखा शर्मासँग झिनो मतअन्तरले पराजय हुनुभयो भने एमालेकी एमालेकी कोमल वली कांग्रेसका दीपक गिरीसङ्ग पराजित हुनुभयो । त्यस्तै एमालेकी शान्ता चौधरीलाई नेकपा एकिकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित हुनुभयो । सातै तीन क्षेत्र अन्तर्गतका ६ प्रदेशमा पनि एमालेका कुनै उम्मेद्वारले जीत हासिल गर्न सकेनन् ।