ललितपुर - बाङ्गमय शताब्दी पुरुष एवम् संस्कृतीविद् सत्यमोहन जोशी स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि छ दिन अघि ललितपुरस्थित किष्ट अस्पतालमा भर्ना हुनुभएको हो।पिसाब सम्वन्धी संक्रमण, मुटु सुनिएको, मुटुको चाल घटबट र श्वास प्रश्वास नलीमा समस्या देखिए पछि बैशाख १ गते अस्पतालमा भर्ना गरिएको थियो । उपचार पछि स्वास्थ्यमा सामान्य सुधार आएको भएपनि उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न डाक्टर सुरज बज्राचार्यले जानकारी दिनुभयो । खानेकुरा नखानु भएका कारण उहाँमा कमजोरी देखिएको चिकित्सको भनाइ छ । जोशी आउँदो बैशाख ३० गते १ सय ३ बर्षमा पुग्दै हुनुहुन्छ।