काठमाडौ - प्रतिनिधिसभाको बैठकमा सामाजिक सुरक्षा सम्बन्धि पहिलो संसोधन विधेयक २०७९ माथि छलफल शुरु भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले आजको बैठकमा विध्येक पेश गर्नुभएको हो । त्यस्तै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विद्येयक २०७९, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य संचालन पर्यवेक्षण र समन्वय सम्बन्धि पहिलो संशोधन विद्येयक २०७९ गरी ३ वटा विध्येक पेश भएको हो ।
त्यस अघि प्रतिनिधिसभाको आजको वैठकमा सांसदहरुले वलात्कार मुद्दाको अनुसन्धनमा संलग्न सरकारी वकिल सरुवा प्रकरणको अनुसन्धान गर्न सरकारसँग माग गर्नु भएको छ । नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले ललितपुरको इमाडोलमा भएको बलात्कार मुद्दा कमजोर बनाउन अस्विकार गरेकी सरकारी वकिल संगिता ठोकरलाई महान्यायाधिवक्ता कार्यालयले सरुवा गरेको भन्दै घटनाका बारेमा अनुसन्धान गर्न माग गर्नु भएको हो । आजको बैठकमा पनि सांसदहरुले बजेट निर्माणको प्रकृयामा भएको अनियमितताका बारेमा छानविन गर्न माग गर्नु भएको छ ।