पोखरा - महिला १० हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्। नवौँ राष्टिय खेलकुद अन्तर्गत पोखरा रगंशालामा शनिबार भएको महिला १० हजार मिटर दौडमा श्रेष्ठले राजपुरा पछाईलाई पराजित गर्दै स्वर्ण पक्का गरेकी हुन्। उनले १३औं सागमा नेपालका लागि १० हजार मिटरमा स्वर्ण जितेकी थिइन्।