पोखरा -नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष १५ सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले स्वर्ण जितेका छन् । एपिएफका अजित यादवलाई पछि पार्दै मुकेशले स्वर्ण जितेका हुन् । अन्तिम ल्यावसम्म दोस्रोमा रहेका मुकेशले सुरुवातमा नागेश्वरसँग पछि र त्यसपछि अजितसँग पछि परेपनि आफ्नो गति बढाउँदै स्वर्ण जित्न सफल भए । पहिलो भएका मुकेशले निर्धारित दुरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरे । दोस्रो भएका अजितले ३ मिनेट ५३.११ सेकेन्डमा तथा तेस्रो भएका पुलिसका नागेश्वर यादवले ३ मिनेट ५६.४ सेकेन्डमा पुरा गरे ।