नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानलाई हराएको छ । दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा पूरा गर्दा नेपालले १-० को जितको नतिजा निकालेको हो ।
नेपाललाई घरेलु मैदानमा जिताउन अञ्जन विष्टले ८३ औं मिनेटमा गोल गरेका थिए र यो गोलले नै नेपाललाई जीत दिलाएको हो ।