काठमाडौं -सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको प्रविधि सम्बन्धि र सामाजिक सञ्जाल समन्वयकालागि सम्बन्धमा एन.सी विन गठन गरेको छ । पार्टी प्रवक्तासमेत रहनुभएका विभाग प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतमा बसेको भर्चुअल बैठकले पार्टीको प्रचार तथा विपक्षीमाथि प्रतिवाद गर्न एन.सी रुम गठन गरेको हो ।
विभागले पार्टीको चौधौं महाधिबेशनको सन्दर्भमा "उत्साह, एकता, रुपान्तरण" नारासमेत तय गरेको विज्ञप्ती मार्फत जनाएको छ ।