बयरघारी -नेपाली काँग्रेस भीरकोट नगर समितिको नयाँ नेतृत्व चयनकालागि दुई प्यानलवीच भिडन्त हुने पक्का भएका छ । दुई युवा नेता दिपेन्द्र के.सी र लक्ष्मण अधिकारीविच प्यनालसहित प्रतिष्पर्धा उत्रने भएको हो । दुवै पक्षले आधिकारिक प्यानलसमेत घोषणा गसिकेका छन् । केसी नेतृत्वको प्यानलले उप-सभापतिमा विष्णुमाया काफले र जगदिश कोइराला , सचीवमा नन्दलाल खनाल तथा शोभाकान्त पौडेल रहनुभएको छ भने सहसचीवमा राजकुमार कर्मचार्य र मनबहादुर गुरुङलाई प्यानलमा समावेश गरेको छ ।

नगर प्रवत्तासमेत रहनुभएका के.सी स्थानिय तह निर्वाचनमा वडा नम्बर एकवाट निर्वाचित अध्यक्ष हुनुहन्छ भने अधिकारी वडा नम्बर पाँचबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ । अधिकारीको प्यानलमा उप-सभापति भविन्द्रजंग अधिकारी र शारदा अर्याल ,सचीवमा तारा अर्याल र हरिप्रसाद अर्याल हुनुहन्छ भने सह-सचीवमा सुशिल खाँड र प्रशुन मगर रहनुभएको छ । नयाँ कार्यसमितिकालागि निर्वाचन भोलि हुदैछ ।