बिराटनगर -प्रधानमंत्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले ५ दलिय गठबन्धन आजको राष्ट्रिय आवश्यकता भएको बताउनु भएको छ ।
विराटनगरमा स्थानीय तहको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमंत्री देउबाले गठबन्धनमा कुनै किसिमको आशंका हुने परिस्थिति सिर्जना नगर्न आग्रह गर्नुभयो । उहाँले नेपाली कांग्रेस पार्टीले धोका दिँदैन भन्ने कुरा देखाउन पनि गठबन्धन संस्कृतिको रक्षा गर्नु आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । प्रधानमंत्री देउबाले स्थानीय तहलाई प्रभावकारी स्थानीय सरकार बनाउने गरी सरकारले काम गरिरहेको जानकारी दिदै प्रजातन्त्रलाई तल्लो तहसम्म पुर्याउन सकिए मात्र विकासको प्रतिफल जनताले पाउने बताउनुभयो ।
चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा राजनैतिक स्थिरता कायम गर्न गठबन्धन आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनले सत्ता गठबन्धनलाई असर नगरे पनि स्थानीय सरकार र विकास निर्माणका काममा प्रभाव पार्ने भएकाले विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।