काठमाडौं -काठमाडौं क्षेत्र नम्बर १० बाट नेपाली कांग्रेसका नेता राजन केसी तेस्रो पटक निर्वाचित हुनुभएको छ । १४ हजार ४ सय ५८ मतसहित विजयी हुनुभएका केसीका निकटतम नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७ सय ८६ मत प्राप्त गर्नुभएको थियो । माओवादीका अध्यक्ष प्रचण्डलाई समेत २०७० को निर्वाचनमा पराजित गर्नुभएका केसीले यस क्षेत्रमा चर्चित हुनुहुन्छ । लोकतान्त्रिक बाम गठबन्धन भनिएतापनि यो क्षेत्रमा माओवादीले आफ्नै उम्मेद्वार बनाएको थियो ।