नेपाली कांग्रेस र एकीकृत समाजवादी सत्तापक्षको बेन्चमा बसेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले पहिलो पटक प्रतिपक्षी बेन्चमा बसेको हो । एमालेसँगै राप्रपा पनि प्रतिपक्षी बेन्चमा बसेको छ । राष्ट्रपति चुनावअघि सत्ता समीकरण फेरिएपछि नेकपा एमाले र राप्रपाले प्रचण्ड नेतृत्पवको सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । प्रतिनिधिसभामा प्रतिपक्षीको आसन सभामुखको बायाँतर्फ र सत्तापक्षको दाँयातर्फ रहन्छ ।