वीरगंज, भदौ २९ । वीरगंज महानगरपालिकाको नगर स्तरिय बजेटबाट करिब २९ लाखको लागतमा वडा नम्बर २६ सुगौली विर्तामा निर्माण हुन लागेको ढलान सडक र नाला निर्माणको शिलान्यास आज एक समारोहकाबीच नगर प्रमुख विजय कुमार सरावगीले गर्नु भएको छ ।
वडा अध्यक्ष शम्भु मिश्रको सहभापतित्वमा सम्पन्न शिलान्यास समारोहमा वीरगंज महानगरपालिकाका कर्मचारीहरु, वडासदस्यहरु एवं स्थानीय भद्रभलादमीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।