काभ्रे - नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वसञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बाँस्कोटा काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित हुनुभएको छ । बाँस्कोटाले नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंलाई ५ हजार ८ सय ६३ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो । बाँस्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गर्दा हुमागाईंले ३९ हजार ४ सय ८२ मत प्राप्त गर्नुभयो ।