राजनीतिक तरलतासंगै परिवर्तन भएको सत्ता समिकरणपछि निर्वातमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारी निवास बालुवाटार छाड्नु भएको छ । देउवाको बूढानिलकण्ठस्थित घर मर्मत भइरहेकोले धुम्बाराहीस्थित एक घरमा सर्नुभएको हो । पुष १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज नै बालुवाटार सर्ने तयारी छ ।