नेपाल प्रिमियर लिग (एनपिएल) को टोली कर्णाली याक्सले दोस्रो संस्करणका लागि आज रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ।
कर्णालीले मार्की र कप्तान सोमपाल कामीलाई रिटेन गरेको सोमवार नै जानकारी गराएको थियो । कर्णालीले आज थप ६ रिटेन खेलाडीको नाम सार्वजनिक गरेको हो ।
रिटेन हुने अन्य खेलाडीमा यु १९ का कतान विपिनप्रसाद शर्मा, गुलशन झा, अर्जुन घर्ती, दीपेन्द्र रावत, नन्दन यादव र युनिस विक्रम सिंह रहेका छन् ।
यसका साथै कर्णालीले ५ खेलाडीलाई रिलिज गरेको छ । देव खनाल, मौषम ढकाल, दिपक डुम्रे, रित गौतम र भुवन कार्की रिलिज भएका छन् ।
रिटेन खेलाडी
सोमपाल कामी
गुलशन झा
विपिनप्रसाद शर्मा
अर्जुन घर्ती
दीपेन्द्र रावत
नन्दन यादव
युनिस विक्रम सिंह
रिलिज हुने खेलाडी
देव खनाल
मौषम ढकाल
दिपक डुम्रे
रित गौतम
भुवन कार्की
सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स र चितवन राइनोजले पनि रिटेन र रिलिज खेलाडीको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले आगामी अगस्टमा एनपिएलको दोस्रो संस्करणका लागि अक्सनको आयोजना गर्दैछ