कोलम्बियाले पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै फिफा विश्वकप २०२६ को समूह ‘के’ को विजेता बनेको छ। पोर्चुगल भने दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुगेको छ।
मियामी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोली यसअघि नै अन्तिम ३२ मा पुगिसकेका थिए। तर समूह विजेता बन्ने होडका कारण खेल निकै रोमाञ्चक बन्यो।
कोलम्बियाले खेलको ९०औं मिनेटमा डेभिन्सन सान्चेजमार्फत गोल गरे पनि सहायक रेफ्रीले अफसाइड संकेत गरेपछि गोलले मान्यता पाएन। सान्चेजको दाहिने जुत्ताको टुप्पो मात्र अफसाइड देखिएको थियो।
एजेन्सी - कोलम्बियाले पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै फिफा विश्वकप २०२६ को समूह ‘के’ को विजेता बनेको छ। पोर्चुगल भने दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुगेको छ।
मियामी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोली यसअघि नै अन्तिम ३२ मा पुगिसकेका थिए। तर समूह विजेता बन्ने होडका कारण खेल निकै रोमाञ्चक बन्यो।
कोलम्बियाले खेलको ९०औं मिनेटमा डेभिन्सन सान्चेजमार्फत गोल गरे पनि सहायक रेफ्रीले अफसाइड संकेत गरेपछि गोलले मान्यता पाएन। सान्चेजको दाहिने जुत्ताको टुप्पो मात्र अफसाइड देखिएको थियो।
समूहको शीर्ष स्थान हासिल गर्न पोर्चुगललाई जित आवश्यक थियो। तर घरेलु समर्थकसरह ठूलो संख्यामा उपस्थित कोलम्बियन समर्थकको उत्साहबीच पोर्चुगलले लक्ष्य पूरा गर्न सकेन।
खेल सुरु भएको पहिलो मिनेटमै जोन कोर्डोबाले गरेको हेडर बारमाथिबाट बाहिरियो। त्यसको केहीबेरपछि उनको अर्को प्रहारलाई पोर्चुगलका गोलरक्षक डियोगो कोस्टाले एक हातले रोके ।
४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले पहिलो हाफको उत्तरार्धमा लय समात्यो। ब्रुनो फर्नान्डेसले नजिकबाट गरेको प्रहारलाई कोलम्बियाका गोलरक्षक कामिलो भार्गासले बचाए।
उज्बेकिस्तानविरुद्ध ५-० को जितमा २ गोल गर्दै 'म फर्किएँ' भनेका रोनाल्डो कोलम्बियाविरुद्ध खासै प्रभाव जमाउन सकेनन्। समूहको पहिलो खेलमा डिआर कंगोसँग १-१ को बराबरी खेल्दा जस्तै उनी धेरैजसो समय खेलबाट अलग देखिए।
दोस्रो हाफमा कोलम्बियाले लगातार दबाब बनायो। रिचार्ड रियोस र गुस्ताभो पुर्टाले उत्कृष्ट अवसर सिर्जना गरे। लुइस सुआरेजले खुला पोस्टमा भली प्रहार गर्दा गोल गर्न सकेनन्।
यद्यपि गोलरहित बराबरी भए पनि समग्र प्रदर्शनका आधारमा कोलम्बिया समूहको शीर्ष स्थानको हकदार बन्यो। विश्वकप इतिहासमा यो कोलम्बियाको २५ खेलपछि पहिलो गोलरहित बराबरी पनि हो।
जेम्स रोड्रिगेजले विश्वकपमा कोलम्बियाका लागि कीर्तिमानी ११औं खेल खेल्दै उत्कृष्ट प्रदर्शन गरे। सन् २०१४ को विश्वकपमा देखिएको लय झल्काउने उनको प्रदर्शनले टोलीलाई प्रेरित गर्यो। अर्कोतर्फ ब्रुनो फर्नान्डेस पोर्चुगलका सबैभन्दा प्रभावशाली खेलाडी बने।
अब समूह ‘के’ को विजेता कोलम्बियाले जुलाई ४ मा क्यान्सस सिटीमा घानासँग खेल्नेछ। उपविजेता पोर्चुगलले जुलाई ३ मा समूह ‘एल’ को उपविजेता क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ।
समूहको अर्को खेलमा डिआर कंगोले उज्बेकिस्तानले ३-१ ले हरायो। ४ अंकसहित डिआर कंगो उत्कृष्ट तेस्रो बन्दै नटआउट चरणमा पुगेको छ।