स्याङ्जा — स्याङ्जामा २८ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि विभिन्न राजनीतिक दलसहित तीन जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्याङ्जामा नेपाली काँग्रेसबाट भरत ढकाल,नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट क्षेत्र नम्बर १ मा शैलेन्द्र घिमिरेले उम्मेदवारी दर्ता गरेका थिए ।
यस्तै, रास्वपाबाट धनन्जय रेग्मी, नेकपा एमालेबाट मिनप्रसाद गुरुङ रहेका छन् । यसैगरी श्रम संस्कृति, प्रजातन्त्र लोकतान्त्रि पार्टी, नेकपा माओवादी, उज्यालो नेपाल, मंगोल नेसनल अर्गानाईजेसन, राप्रपाले पनि उम्मेदवारी दिएका छन् ।
क्षेत्र नम्बर दुईमा काँग्रेसबाट भागवत प्रकाश मल्ल, नेपाली कम्युनिष्ट पार्टीबाट पदमबहादुर विक, रास्वपाबाट झविलाल डुम्रे, एमालेबाट खिमबहादुर थापा रहेका छन् ।
प्रगतिशिल लोकतान्त्रिक पार्टी, राप्रपा, रा.जनमोर्चा, मंगल नेसनल, जयमात्रीभूमि, रा. जनमुक्तिबाट पनि उम्मेदवारी परेको छ ।
क्षेत्र नम्बर १ मा दुई र क्षेत्र नम्बर दुईमा एक जनाको स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।