काठमाडौँ — स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २५ विद्यार्थी संघसंगठनले आज दर्ता गराएका छन् ।
चैत ५ गते हुने चुनावमा सहभागी हुन २५ विद्यार्थी संगठन दर्ता भएका छन् ।
सोमबार देशभरका क्याम्पसमा निर्वाचनमा भाग लिन चाहने संगठन र समूह दर्ता भएका त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका बताउनुभयो ।
त्रिविमा ६२ वटै आंगिक क्याम्पसमा निर्वाचन समिति गठन भएको समितिले जनाएको छ ।
सबै हेर्नुहोस्
निर्वाचनमा भाग लिन केन्द्रमा अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू समाजवादी, नेपाल क्रान्तिकारी विद्यार्थी, अखिल क्रान्तिकारी (वैद्य), राष्ट्रिय प्रजातन्त्रबादी विद्यार्थी संगठन, अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं, अखिल नेपाल विद्यार्थी युनियन दर्ता भएका छन् ।
२०७९ चैतमा भएको निर्वाचनमा १९ विद्यार्थी संघसंगठनले भाग लिएका थिए ।
स्ववियु निर्वाचन कार्यतालिकाअनुसार फागुन २७ गते देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता हुनेछ् । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयनपत्र नामवली दाखिला सोही दिने हुने सदस्यसचिव अधिकारीले बताए । उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो २ सम्मको समय कायम गरिएको छ । २६ गते मनोनयपत्र वितरण गर्ने समितिले जनाएको छ ।
चैत्र ५ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान समय तोकिएको छ । फागुन २१ गते मतदाता सूची प्रकाशित गर्ने कार्यतालिकामा उल्लेख छ । आंगिकबाहेक सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पसले स्ववियु निर्वाचन गर्न सक्नेछन् ।