काठमाडौं- मृगौलामा समस्या आएपछि हाँस्य कलाकार पल्पसा डङ्गोल अस्पतालमा उपचार गराइरहेकी छिन् टिचिङ अस्पतालको शैयामा उपचार गराइरहेकी पल्पसाको दुवै मिर्गौला फेल भएको हो । पाँच वर्षदेखि मृगौलामा समस्या रहेकोमा अहिले प्रत्यारोपण गर्नुपर्ने भएको छ । उपचारमा क्रममा अस्पतालले करिब १५ देखि २० लाख रुपैयाँ मात्र लाग्ने बताएपछि केही कलाकारले रकम संकलन गर्न शुरु गर्ने बताएका थिए यधपी पल्पसाले भने कसैले पनि रकम संकलन नगर्न अनुरोध गरेकी छिन् ।