हृदयराज उपाध्याय - म लामो समय विद्यार्थी राजनीतिमा रहे । अछामको ढकारी गाउँपालिकामा दुई वर्ष शिक्षकको रुपमा कार्यरत भए । धेरै विद्यार्थी र अभिभावकको नजिकमा रहे। स्थानीय ठाउँमा बस्दा यो बुझेकी जनताको जनभावना बमोजिमको बिकास भैरहेको छैन। तर संघीयता आए पछि स्थानीय तहले बिकास गरेन भन्ने पक्षमा म छैन। हामीले विकासका नाममा गाउँ गाउँमा सडक पुर्याायौं अहिले ढकारीबाटै यातायातको सुविधा छ बिजुली बालिसकेका छौं । तर यति हुदाहुदै पनि हाम्रो दुर्गम ठाउँमा सडक पुगेपछि मैले सोचेको थिए हाम्रा यहाँका सुन्तला, अमिलो,कागती र आलु बजार सम्म पुग्लान भनेर तर त्यसो भएन। भयो के भने बस चढेर रक्सी हाम्रा गाउँ आईपुग्यो। समाज झन् विखण्डन तिर पुग्यौं पानी भन्दा सस्तो गाउँमा रक्सी पाईन थाल्यो।आज पानीको समस्या ज्यु को त्यु छ तर रक्सी सबै ठाउँ पाईरहेको छ। के हामिले गर्न खोजेको बिकास यहि हो त रु होइन नि ।
अर्को कुरा मैले २ वर्ष गाउँमै श्रीपञ्च ज्योति आधारभुत विधालयमा पढाए कहिल्यै पनि त्यहाँको शिक्षा समितिले राम्रो पढाए पनि भनेन् नराम्रो पढायो भनेर कम्प्लेन पनि गरेनन्। मैले पढाउने विधालयमा एउटा पनि सुविधा सम्पन्न भवन छैन अहिले मात्रै राष्ट्रपति विकास कोषबाट एउटा भवन बनेको छ उक्त भवनमा फर्निचर समस्या जहाँको तहीँ छ । झन्डै तीन सय बालबालिका पढ्छन् । मैले त्यहाँ शिक्षण गरे त्यो अनुभव गरे सायद हाम्रो गाउँपालिकाका अधिकांश विद्यालयले यो समस्या भोगेका छन् । शिक्षा जस्तो क्षेत्रलाई प्रभावकारी बनाउन पर्दैन रु कसरी यस्तो भयो हामीले प्राविधिक शिक्षाको जोड कहाँ दियौं कसैले यसबारे छलफल गरेनौं । हाम्रो शिक्षाको स्तर कहाँ छ यो सोचनिय बिषय हो । प्रत्येक ठाउँमा कुल मन्दिर बनाउँदा हामीले किन एउटा सार्वजनिक पुस्तकालय पनि बनाउ भनेर सोचेनौं । अनि किन भनेनौं प्रत्येक वडामा सुविधा सम्पन्न वडा कार्यालय पनि बनाउ भनेर । विकास कस्तो हुन्छ दुर्गम क्षेत्रको विकासको मोडल कस्तो हुन्छ भनेर किन प्राविधिक रुपले अध्ययन गरियन रु हाम्रो पालिकाको स्वास्थ क्षेत्रमा कुन हालत छ त्यो मैले भनिरहन पर्दैन। कहिलेकाहिँ बच्चाले खेल्दा खेल्दै मैकैको गेडो कानमा पस्यो भने मङलसेन लैजानुपर्ने बाध्यता छ । उस्तै परे नेपालगन्ज पुग्नुपर्छ र यी गम्भीर विषयमा हामीले किन ध्यान पुर्याउन सकेनौ । एउटा कुरा त के हो भने विकास निरन्तर हुने कुरा हो । केही भएको छ, केही हुने क्रममा छ । क्रमिक रुपमा हुने विकासका लागि महत्त्वपूर्ण कुरा सोच्नु नै पर्छ । यसतर्फ गाउँ पालिकामा चुनाव लडन तयार गरिरहनु भएका अग्रज नेताहरूले ध्यान दिई अगाडि बढनु पर्ने स्थिति छ।
यतिबेला फेरि पाँच बर्षका लागि सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरे सँगै कोहि व्यक्तिगत फाइदाका लागि आफ्नो उम्मेदवारी घोषणा गरिहेका छन् । मेरो सबैमा उतिकै सम्मान छ तर सम्पुर्ण उम्मेदवारी घोषणा गर्नु भएका अग्रज तथा समकालीन साथीहरू ले यो सुन्न जरुरी छ। म समस्या ल्याएर मात्र उम्मेदवार बन्न लागेको होइन। मैले समस्या , समस्याको समाधान र केही दीर्घकालीन योजनाका साथमा मैले पनि स्थानिय तहको निर्वाचनमा उम्मेद्वारी दिने निर्णय गरेको छु ।
यथावत समस्या रहेका छन् । मैले सामाजिक परिवर्तन चाहेको छु । समाजमा अहिलेपनि सामाजिक विकृतिहरु छन् । त्यसलाई निराकरण गर्ने योजना बनाएको छु । आफ्नो क्षेत्रको विद्यालयको स्तरोन्तीकालागि पहल गर्ने छु ।
रिमा रवा खोलाको पानीको अध्ययन गरि उक्त खोलाबाट उत्पादन हुने बिधुत निकालेर वार्ड नम्बर आठमा आफ्नै बिधुत बाल्न सक्नेछौ।जुन बिद्धुत हामिलाई एकदम सस्तो पर्नेछ। अब पानीको समस्यका लागि जहाँ सम्म यहाँ भएका पानीका स्रोत प्रयोग गरि पानी प्रत्येक घर घरमा बितरण गर्नुपर्नेछ । हामी सङ पानिको मुहान टाढा छ । अन्य पालिकाले तीन सय ७० मिटरको डिप बोरिङ गरेर पानी बितरण गरेझै गरि यहाँ पनि गर्न सकिने सम्भावना छ।यस कुरामा प्राविधिक सहायताको टोलिबाट अध्ययन गरि वडामा रहेको सम्पुर्ण विधालयमा पानीको व्यवस्थापन गर्नुपर्नेछ । स्वास्थका लागि नेपाल सरकारले तोकेको मापदण्डअनुसार अहिले बनेका भवन र अस्पतालको अवस्था हामीले राम्रोसँग अनुभव र अनुसन्धान गरेका छौं ।अहिले बनेको उक्त भवनको स्तरोन्नति गरि कम्तिमा पन्ध्र सैयाको अस्पताल निर्माण गर्नुपर्नेछ ।
अहिलेसम्म हाम्रो स्थानीय तहले रोजगारीका प्रचुर सम्भावना हुदाँहुदै पनि त्यसतर्फ ध्यान दिन सकेन । शिक्षित व्यक्तिको लागि मात्रै रोजगारीले गाउँ नै स्वरोजगार बन्दैन र यो कुरा कसैले नकार्न सकिन्न । वडा कार्यलय र गाउँपालिका कार्यलमा जागिर खाईरहेका केहीवाहेक गाँउमा बस्ने आमा दिदी बैनी का दुख उस्तै छन् । एक गाग्री पानीको लागि घण्टौ हिडनुको पिडा हामी सबैले देखेका छौ। हाम्रो दाजु भाई दशै र तिहारवाहेक कहिल्यै घरमा बसेको हामीले देखेका छैनौ । सधैं प्रदेशमा भारतका चिसा छिडिमा डन्डा बजाउन बाध्य छन । हाम्रा खेत अहिले सबैका बाझा भएका छन । नयाँ आधुनिक तरिकाले खेती गर्ने कार्यको सुरुवात गर्ने हो भने कसैले हाम्रा खेत बाझा राख्दैनन् । उदाहरणका लागि हामी सँग प्रसस्त मात्रामा रहेको तेज का पातलाई बजारिकरण गर्न सकिन्छ। टिमुर,सुन्तला त छोडौ हामी महँगो फलका रुपमा मानिने किबि बेच्न सक्छौ । आज जुम्लाको स्याउनले भारतीय स्याउ विस्थापित गरेको अवस्था छ। स्थानिय तहमा योजना र कायान्वयनको पाटोमा लाग्ने हो भने दाजुभाईले गाडीमा कोचिएर बम्बै जान पर्दैन । बम्बैमा गएर पसिना बगाउन पर्दैन ।
त्यसैले म आवद्ध दलसंग मेरो अनुरोध के हो भने नयाँ पुष्तालाई पनि अवसर दिनसपर्छ र जनप्रतिनिधिकालागि उम्मेदवार तय गर्दा भिजन भएका र त्यसलाई कायान्वयन गर्न सक्ने व्यक्ति छनौट गरिनुपर्छ । स्थानिय तहको चुनावको मिति तयसंगै युवाहरुले स्वतन्त्र उम्मेदवारी दिने कुरा सुनिदैछन । काठमाडौंमा एक ईन्जिनियरले मेयरमा स्वतन्त्र उम्मेदवारी दिन्छु भनिरहेका छन। त्यस्तै पोखरामा पनि एक लेखकले मेयरमा उम्मेदवारी दिने बताइरहेका छन् । यस्तो अवस्थामा नेपाली कांग्रेस पार्टीले भिजन सहित आएको युवालाई अघि सार्नुपर्दछ ।