काठमाडौं -नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ। सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले दलकातर्फबाट उम्मेद्वारी बनाउने निर्णय गरेको हो । यसअघि सभामुख र उपसभामुखमा पनि कांग्रेसले उम्मेदवार बनाएको थियो। तर प्रधानमन्त्रीमा भने उम्मेद्वार चयन नगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको थियो ।