काठमाडौ - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मतदान भएको जनाएको छ । आयोगले मध्यरातिसम्म्मको प्रारम्भिक तथ्यांकअनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदातामध्ये १ करोड १८ लाख ५६ हजारले मतदान गरेका छन् । कर्णालीमा सबैभन्दा बढी ७० प्रतिशतले मतदान गरेका छन् भने वाग्मतीमा सबैभन्दा कम ६४.१६ ले मात्र गरेका छन। धेरै मतदाता भएको काठमाडौंमा नै ६९.७८ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ । प्रदेश एकमा ६५. ३५ प्रतिशत, मधेश प्रदेशमा ६७.६९ प्रतिशत , बागमती प्रदेशमा ६४.१६ प्रतिशत मत खस्यो भने गण्डकी प्रदेश ६८.२८ प्रतिशत, लुम्बिनीमा ६६.७९ प्रतिशत मत खसेको आयोगले जनाएको छ। त्यस्तै कर्णालीमा ७० प्रतिशत र सुदुरपस्चिम प्रदेशमा ६५.८० प्रतिशत मत खसेको छ।