काठमाडौ - नेपालको विभिन्न भूभागमा वर्षासंगै हवाहुरीको चाप केही दिन कायम रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मनसुन भित्र्याउने सक्रिय स्थानीय वायु बिकास हुने क्रम तीब्र बनेकाले वेगयुक्त हावाहुरी र मेघगर्जन सहितको चट्याङ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसम भित्र्याउन सक्रिय स्थानीय वायुको कारण विहान मौसम सफा देखिए पनि दिन ढल्दै जाँदा हावाहुरी र चट्याङ सहित वर्षा हुने भएकाले सतर्क रहन मौसम पु्र्वानमान महाशाखाले आग्रह गरेको छ । आगामी तीन दिन स्थानीय वायु र विहार नजिक रहेको न्यून चापीइ प्रणाली र पश्चिमी वायुको तेहोरो प्रभाव रहेकोले हावाहुरीसंगै पाहाड र तराईका अधिकाश भेगमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार साँझको हवाहुरीको कारण चितवनमा तीन जना र काठमाण्डौमा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन।