काठमाडौं- नेपाल टेलिलकमको प्रबन्ध निर्देशकका लागि ९ जनाले आवेदन दिएका छन्। टेलिकमकै कर्मचारी र पूर्वप्रबन्ध निर्देशक बुद्धिप्रसाद आर्चायसहित ९ जनाको आवेदन परेको छ।
आवेदन दिनेमा आचार्यसहित टेलिकमको वर्तमान प्रमुख व्यवसायिक अधिकृत संगिता पहाडी, इन्जिनियर अर्जुनबाबु ढकाल र सुनिल पौडेलले आवेदन दिएका छन्।
यसैगरी आवेदन दिनेमा टेलिकमकै पूर्वकर्मचारी प्रदीपराज उपाध्याय, सुरजसिंह थापा र टेलिकमको वीरगन्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंह रहेका छन्।