ललितपुर - आसन्न स्थानीय तह निर्वाचनलाई थप व्यवस्थित गर्न नेपाली काग्रेसले प्रदेश डेस्क स्थापना गरेको छ। पार्टी महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा बनेको डेस्कले प्रदेश डेस्कलाई निर्वाचन परिचालन समितिका बैठकका निर्णयअनुसार स्थानीय तहको चुनाव प्रभावकारी बनाउने जिम्मेवारी छ। साथै प्रदेश नम्बर १ मा सहमहामन्त्री जीवन परियार, मधेशमा भीष्मराज आङ्दम्वे, बागमतीमा फरमूल्लाह मन्सुर, गण्डकीमा महालक्ष्मी उपाध्याय डिना, लुम्बिनीमा महेन्द्र यादव, कर्णालीमा बद्री पाण्डे र सुदूरपश्चिममा किशोरसिंह राठौरलाई जिम्मेवारी प्रदेश हीर्ने गरि जिम्मेवारी दिइएको छ।