स्याङ्जा - भिरकोट नगरपालिकामा काङ्रेसले बिजयी शुरूवात गरेको छ। बिहानदेखी शुरुभएको मतगणनामा काङ्ग्रेसका उम्मेदवार दिपेन्द्र केसि वडा नम्बर एकको अध्यक्ष निर्वाचित हुनुभएको हो।
केसिले ८ सय २४ मत ल्याउदा एमालेका प्रतिस्पर्धीले ५ सय ४० मत प्राप्त गर्नुभयो। त्यस्तै सदस्यहरुमा हनिफ मिया, निर्मला केसि , सुरेश ठकुरी र सबिता बिस्वकर्मा निर्वाचित हुनुभयो । अहिले वडा नम्बर २ को मतगणना जारी छ।