हेटौंडा -बाग्मती प्रदेशको एक मात्र उपमहानगरपालिका मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदमा निर्वाचित मिना लामाले महिला शक्तिमाथिको बिश्वासललाई व्यवहारमा देखाउने बताउनुभएको छ ।
निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि नवनिर्वाचित प्रमुख लामाले “जितबाट हौसिएर नभई, संयमित भएर नगरवासीको हितमा काम गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो । लामो समयदेखि नेकपा एमालेले निर्वाचनमा विजय हासिल गर्दै आएको हेटौंडा उपमहानगरपालिका क्षेत्रमा नेकपा एकीकृत समाजवादीका तर्फबाट सत्तारुढ पाँच दलीय गठबन्धनको उम्मेदवारका रुपमा लामाले जीत हासिल गर्नुभएको हो । लामाले २३ हजार ८० मत प्राप्त गरी निकटतम प्रतिद्वन्दीको भन्दा २ हजार १ सय ७२ मत बढी प्राप्त गर्नुभएको थियो । उपमेयरमा नेपाली काङ्ग्रेसका राजेश बानियाँ निर्वाचित हुनुभएको छ।