काठमाडौं -सत्तारुढ गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले कुन प्रदेशमा कुन दलले समन्वय गर्ने भन्ने निर्णय गरी समन्यवयको जिम्मेवारी लिएको हो । नेपाली कांग्रेसले कार्तिक चार गते बुटवलमा आयोजना हुने भेलासहिहत त ५ गते विराटनगरमा र जनकपुरमा तथा ६ गते सुर्खेतमा हुने भेलाको समन्वय गर्ने छ । एकीकृत समाजवादीले कात्तिक ४ गते पोखरामा हुने संयुक्त भेलाको समन्वय गर्ने छ भने सुदुपश्चिम प्रदेशको धनगढीमा ६ गते हुने र ७ गते काठमाडौंमा हुने प्रदेशस्तरीय संयुक्त भेलाको समन्वयको जिम्मेवारी नेकपा माओवादी केन्द्रले गर्ने निर्णय गठबन्धनवीच भएको छ । साथै तीनै तहमा निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय पनि गठबन्धनको बैठकले गरेको छ ।