तनहुँ -नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको छ । भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरी निर्वाचित हुनुभएको हो भने निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार एक सय ३० मत प्राप्त गर्नुभयो । भण्डारीले पाँच हजार चार सय ७४ मतान्तरले विजयी हुनुभयो ।