नेपाली कांग्रेसको पदाधिकारी बैठक साढे ९ बजे बोलाइएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा पछिल्लो राष्ट्रिय राजनीतिका बारेमा छलफल र समीक्षा हुने नेताहरूले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु गल्ती भएको निश्कर्षसहित शेखर कोइराला पक्षका नेताहरू आइतबार मात्रै समिक्षा बैठक आयोजना गरेका थिए ।