एमालेकातर्फबाट सत्तामा सहभागि भएका मन्त्रीहरुले राजिनामा दिएका छन् । पार्टीको विहान बसेको सचीवालय बैठकले चण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गर्दै समर्थनसमेत फिर्ता लिने निर्णय गरेपछि राजीनामा दिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको सरकारी निवास बालुवाटार पुगेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसहित आठैजनाले मन्त्रीले प्रधानमन्त्री दाहाललाई सामुहिक राजीनामा बुझाएका छन्।