काठमाडौं -नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनस्थितमा आज बसेको संसदिय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाइ विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको हो । बैठकले सबै सासंदलाई विश्वासको मत दिन ह्वीप जारी गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । यसअघि नयाँ वानेश्वरमा नै बसेको पार्टीको सम्पादन समितिको बैठकले सोही निर्णय गरेकोमा संसदीय दलको बैठकबाट उक्त निर्णय अनुमोदन गरिएको हो ।केन्द्रिय कार्यसम्पादन समितिको बैठकले सरकारमा जानेहरुको सुची तयार गर्न मापदण्ड पनि निर्धारण गरेको छ । संघीयताको सिद्दान्तअनुसार सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी मन्त्री छानि सरकारमा सहभागि हुनेबारे निर्णय भएको पार्टी प्रवक्ता डाक्टर प्रकाशशरण महतले बताउनुभयो । प्रचण्ड नेतृत्वको सरकारलाइ विश्वासको मत दिएपछि मात्र नेपाली काँग्रेस सरकारमा जाने प्रवक्ता महतले जानकारी दिनु भयो । सरकारमा जाने निर्णय गरेसँगै आजदेखि कांग्रेस सत्तापक्षको बेन्चमा बसेको छ ।