काठमाडौ - नेपालमा प्रजातन्त्र प्राप्तिका लागि बि पि कोईरालाले पूर्याउनु भएको योगदान र नेपाली राजनीतिमा बि पीको भूमिकालाई समाबेश गरी तयार पारिएको राजद्रोही राजनेता नामक बृतचित्रको पहिलो प्रदर्शन गरिएको छ । वृतचित्रमा बि पि ले जनताको अधिकार स्थापनाका लागि समर्पित भई अनेक दुःख कष्ट र जेलनेल सहेर बहुदलीय ब्यवस्था प्राप्तिका लागि पूर्याउनु भएको योगदानलाई समेटिएको छ । यसैगरी राष्ट्रिय मेल मिलापका लागि गरिएका पहलहरुमा उहाँले खेल्नु भएको भूमिका पनि बृतचित्रमा समावेश गरिएका छन् ।
५२ मिनेट लामो वृतचित्र सुशील कोईराला मेमोरियल फाउण्डेसनले बनाएको हो । वृतचित्र प्रदर्शनका अवसरमा बरिष्ठ पत्रकारहरु होम नाथ दाहाल, हरिहर बिरही लगायतले बृतचित्रले वि पीको वास्तविक योगदानबारे नयाँ पुस्तालाई जानकारी दिने भएकोले निर्माणका क्रममा देखिएका केही कमी कमजोरीहरुलाई सच्याउन सुझाव दिनुभएको थियो ।।