ललितपुर - राष्ट्रिय मानवअधिकार आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनमा देशव्यापी अनुगमनको तयारी गरेको छ । आयोगले आज पत्रकार सम्मेलनको आयोजना गरी आशन्न स्थानीय तह निर्वाचमा विशेषगरी मानवअधिकारको दृष्टिकोणले अनुगमनको तयारी गरेको जानकारी गराएको हो । अनुगमानका लागि सातवटै प्रदेशमा उच्चस्तरीय अनुगमन टोली खटिने र निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात अनुगमन गरिने आयोगले बताएको छ । यसका लागि आयोगले निर्वाचन अवधिका ४७ अनुगमन टोली ७७ जिल्लाका मतदान केन्द्रमा पुगी मानवअधिकारको अवस्थाबारे अनुगमन तयारी गरेको छ । यसै बीच आयोगले सर्वसाधारणले पनि सामाजिक सञ्जालको प्रयोग गर्दा मर्यादित र शिष्ट भाषाको प्रयोग गर्न आग्रह गरेको छ ।