स्याङ्जा- भिरकोट नगरपालिकामा नेकपा एमालेले पुनः पैसा बाढ्दै गर्दा उपमेयरका उम्मेदवारसहितको टोलि पक्राउ परेका छन।
एमालेकातर्फबाट उपमेयरकी उम्मेदवार सरस्वती अधिकारी र ४ नम्बर वडाका अध्यक्षका उम्मेदवार मेघनारयण ढुंगाना र बहालावाला वडा अध्यक्ष चन्द्रबहादुर बस्नेतले पैसा बाढ्दै गर्दा नेपाली काङ्ग्रेस ४ले प्रहरीलाई खबर गरि जिम्मा लगाएका छन।
उनिहरुबाट ७३ हजार र सात वटा चेक बुक बरामत गरिएको छ। काङ्ग्रेसको समुहले चारै तर्फबाट घेरा हाली उनीहरुलाई नियन्त्रणमा लिएको थियो। प्रहरी प्रशासनले अहिले मुचुल्का उठाउने काम गरिरहेको छ।
रकम कति बाढेको भन्ने खुलिसकेको छैन। यस अघि बुधबार पनि एमाले उम्मेदवारले नगरको तीन नम्बर वडामा पैसा बाडेपछि एमाले मेयरका उम्मेदवारसहितको समूह पक्राउ परेको थियो।