काठमाडौ - सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरू नेविसंघ र अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै आज विहान केन्द्रिय बैकमा घेराउ र विरोध प्रदर्शन गरेका छन् । दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा प्रश्न उठेको भन्दै यूवा विद्यार्थीहरु केही दिनयता आन्दोलन गरिरहेकामा आज उनीहरुले बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैंकको गेटमा गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउन प्रदर्शन गरेका हुन् । उनीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ । नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भन्ने व्यक्ति गभर्नर अधिकारी नै भएको दाबी सहित गभर्नर विरुद्ध विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।